साउन २५ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत श्रीवास्तव साँग भेट गरेका छन् ।
आज प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुवै तर्फका प्रतिनिधिहरु सहित ४५ मिनेट भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री सचिवालयको अनुसार भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउनेमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको जनाएको छ ।
अर्को भेट आजै दिउँसो ३ बजे चिनियाँ राजदूत सँग हुँने सचिवालयले जनाएको छ ।