बाढीका कारण रसुवागढी नाका बन्द हुँदा कोरला नाकातर्फ मालवाहक कन्टेनर

भदौ १५ काठमाडौं ।

बाढीका कारण रसुवागढी नाका बन्द हुँदा मालवाहक कन्टेनर कोरला नाकातर्फ अघि बढेको छ ।

रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएपछि चीन बाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका हुन् ।

आइतबार साँझसम्म ६६ वटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरेको सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले जनाएको छ ।

रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि कोरलातर्फ आउने कन्टेनरको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

सरकारले कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याए पछि कोरोला भन्सार कार्यालयले आर्थिक वर्ष २०८२, ८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *