मेची भन्सार कार्यालयद्वारा १७ अर्ब बढी राजस्व सङ्कलन

साउन ६ काठमाडौं ।

मेची भन्सार कार्यालयद्धारा १७ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२,८३ मा रु. १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको हो ।

रु.१७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भए सँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको कार्यालय स्रोतले जनाएको छ ।

राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न नसकेको जनाएको छ । कार्यालयले रु. १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको मा रु. १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार मात्र राजस्व सङ्कलन भएको हो ।

यस अघि आव २०८१–८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको पनि रक्ष्य अनुसार पुग्न नसकेको कार्यालयले जनाएको छ ।

यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पी लगायत कृषिजन्य वस्तु निर्यात हुने र पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *