साउन ५ काठमाडौं ।
आज नेप्से परिसूचक २७२६ अंक कायम भएको छ ।
आज ६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
व्यापार सबै भन्दा धेरै २.८८ प्रतिशत, अन्य १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत तथा बैंकिङ ०.०९ प्रतिशत बढ्यो ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, कालंगा हाइड्रोपावरको ७.५० प्रतिशत र बोटलर्स नेपाल बालाजुको ७.४२ प्रतिशत बढ्यो ।
सानीगढ हाइड्रोपावरको ६.५६ प्रतिशत, स्नो रिभर्सको ६.०२ प्रतिशत र रिडी पावरको ५.३४ प्रतिशत मूल्य बढ्यो ।
विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत र जलविद्युत् ०.०५ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.१४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४ प्रतिशत घट्यो ।
भुजुङ हाइड्रोपावरको ४.५८ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशत मूल्य घट्यो ।
