साउन ५ काठमाडौं ।
सिरहा ट्राफिक कार्यालयद्धारा एका करोड बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्ष २०८२, ८३ मा रु. १ करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाही बाट रु. १ करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८१, ८२ मा ३२ हजार १५७ सवारी चालक माथि गरिएको कारवाही बाट रु.२ करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो ।
Post Views: 3
