साउन ५ काठमाडौं ।
देशभरि ७४ प्रतिशत धान रोपाइँ सपन्न भएको छ ।
यस वर्ष देशभरि करिब ७४ प्रतिशत धान रोपाइँ सकिएको जनाएको हो ।
नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफल मध्ये हालसम्म १० लाख ११ हजार ३ सय २ हेक्टर अर्थात ७३.६१ प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।
गत वर्ष सोही अवधिसम्म देशभरि ७२.१४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष तुलनामा यस वर्ष समग्र राष्ट्रिय रोपाइँ दरमा झिनो सुधार देखिए पनि अधिकांश प्रदेशमा भने गत वर्षभन्दा कम रोपाइँ भएको तथ्यांकले देखाएको छ ।
प्रदेशगत आधारमा विश्लेषण गर्दा यस वर्ष सुदूरपश्चिम प्रदेशले धान रोपाइँमा सबै भन्दा अगाडि राखेको छ । भने देशकै सबै भन्दा धेरै धान खेती हुने मधेस प्रदेश सबै भन्दा पछाडि देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफल मध्ये हालसम्म १ लाख ४७ हजार १ सय ६ हेक्टर अर्थात् ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको तथ्यांकले देखाएको छ ।
मधेसमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफल मध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टर अर्थात कुल क्षेत्रफलको जम्मा ५७.९३ प्रतिशत धान रोपेर सकिएको जनाएको छ ।
त्यस्तै कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफल रहेको कोशीमा हालसम्म २ लाख ४ हजार ३ सय ४७ हेक्टर अर्थात् ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँ दर घटेको तथ्यांकले देखाएको छ ।
लुम्बिनीमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर मध्ये २ लाख ४३ हजार ४२ हेक्टर (८०.६५ प्रतिशत) र बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८८ हजार ५ सय ५७ हेक्टर (७७.३३ प्रतिशत) धान रोपाइँ भएको छ ।
गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७३ हजार ३ सय ४९ हेक्टर (७८.३६ प्रतिशत) र कर्णालीमा कुल ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमध्ये ३३ हजार ३ सय ५३ हेक्टर (७७.०५ प्रतिशत) रोपाइँ भएको जनाएको छ ।
