साउन ५ काठमाडौं ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा १६९ देशका पर्यटकले भ्रमण गरेका छन् ।
गत आर्थिक वर्षमा १ सय ६९ देशका ५ लाख ८ हजार ४ सय ७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको जनाएका छन् ।
अन्नपूर्ण क्षेत्र भ्रमण गर्नेहरुमा दक्षिण एसियाली मुलुक बाट ३ लाख ८४ हजार १ सय ४५ र अन्य मुलुकका १ लाख २४ हजार ३ सय ३१ रहेको जनाएको छ ।
सबै भन्दा बढी ३ लाख ७५ हजार ७ सय ९७ भारतीय, दोस्रोमा चिनियाँ १२ हजार ५ सय ३९ र तेस्रोमा अमेरिका बाट ९ हजार ८ सय ८४ पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेको छन्।
त्यस्तै बेलायतका ९ हजार ८ सय ५९, फ्रान्सका ७ हजार ९ सय ३९, मलेसियाका ७ हजार ८ सय ४८, जर्मनीका ७ हजार ६ सय ३४, बङ्गलादेशका ७ हजार ४ सय ४८, अष्ट्रेलियाका ७ हजार ९५ र इजरायलका ६ हजार ३ सय ९८ पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव २०८१, ८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएको बताएका छन् ।
कडरियाको अनुसार आर्थिक वर्ष २०८,८२ मा २ लाख ७८ हजार १ सय १३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको जानकारी दिएका छन् ।
पर्यटक आगमनमा गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको उहाँले बताउनु भएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडे पानी लगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।
