भारी वर्षाको पूर्वानुमान बाढी बढे कोशी ब्यारेजका ढोका खोलिने

साउन ३ काठमाडौं ।

भारी वर्षाको पूर्वानुमान बाढीको बढे कोशी ब्यारेजको ढोका खोलिने भएको छ ।

देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

बाढी, पहिरो र डुबानको पूर्वानुमान सँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको हुँदा सचेत रहन समेत अनुरोध गरेको जानकारी दिएका छन् ।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको जनाएको छ ।

प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा सर्वसाधारणलाई जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न र नदी किनार, पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *