नेकपाका संयोजक प्रचण्ड श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए

साउन ३ काठमाडौं ।

नेकपाका संयोजक प्रचण्ड श्रीलंका भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका हुन् ।

संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेर नेपाल फर्किएका उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

प्रचण्डका सचिवालयको अनुसार भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएको जनाएको छ ।

उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूको अनुभव तथा २१ औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखा बारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

समापन सत्रमा प्रचण्डले एशियाली जनता बीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरू बीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

श्रीलंका बसाइँका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *