चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

साउन ३ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको जनाएको छ ।

आर्थिक वर्ष २०८२,८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेको निकुञ्ज स्रोतले जनाएको छ ।

निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक आएको जनाएका छन्।

निकुञ्जको अनुसार सबै भन्दा धेरै पर्यटक कार्तिक महिनामा ३२ हजार २५२ जना पुगेका थिए। भने सबैभन्दा कम साउनमा ७ हजार ७३ जना पुगेको जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा धेरै नेपाली पर्यटक कार्तिक (१९ हजार १०९) र वैशाख (१८ हजार ४६) मा पुगेको जनाएका छन् ।

सार्क मुलुकका पर्यटक सबैभन्दा बढी जेठमा (५ हजार ८६३) आएका थिए । भने तेस्रो मुलुकका पर्यटक कार्तिक (१० हजार ३२६) र फागुन (११ हजार ८०९) मा सबैभन्दा बढी निकुञ्ज भ्रमणमा पुगेका छन् ।

आर्थिक वर्ष २०८२,८३ मा निकुञ्जले ३१ करोड १ लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी थापामगरले जनाएका छन् ।

उनका अनुसार विदेशी पर्यटकको संख्या घटेकाले राजस्वमा कमी आएको जनाएका छन् । जेन–जी आन्दोलन तथा इरान–अमेरिका द्वन्द्वका कारण अपेक्षा अनुसार विदेशी पर्यटक नेपाल आउन नसक्दा त्यसको प्रत्यक्ष असर चितवन राष्ट्रिय निकुञ्जमा पनि परेको बताएका छन् ।

निकुञ्जमा प्रवेश शुल्क नेपालीका लागि प्रतिव्यक्ति १५० रुपैयाँ, सार्क मुलुकका नागरिकका लागि १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि २ हजार रुपैयाँ तोकिएको छ । निकुञ्ज प्रवेश गर्ने जिपका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।

निकुञ्जमा पर्यटक प्रवेशका लागि ६ वटा प्रवेशद्वार सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा धेरै पर्यटक सौराहा नाका बाट प्रवेश गर्ने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चितल, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, वनस्पति तथा सरिसृपका लागि परिचित छ । पर्यटकले यहाँ जिप सफारी र जंगल वाकमार्फत वन्यजन्तु अवलोकन गर्ने गर्छन् ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *