अरुण तेस्रो आयोजनाको भारतका ऊर्जा सचिवद्वारा निरीक्षण

साउन १ काठमाडौं ।

साउन १ काठमाडौं ।
अरुण तेस्रो आयोजनाको भारतका उर्जा सचिवद्धारा निरीक्षण गरेका छन् ।

भारतका ऊर्जासचिवको टोलीले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेको जनाएको छ ।

एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको भारत सरकारका ऊर्जा सचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको जनाएको छ ।

चिचिला गाउँपालिकाको पुखुवास्थित भूमिगत विद्युतगृह तथा मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित बाँध क्षेत्रको निरीक्षण गर्नुका साथै निरीक्षणका क्रममा आयोजनाको सिभिल तथा इलेक्ट्रो–मेकानिकल संरचना, बाँध, इन्टेक प्रणाली जानकारी लिइएको छ ।

निरीक्षणका क्रममा बाँध र भूमिगत विद्युतगृह क्षेत्रको प्रगति बारे जानकारी लिनुका साथै गुणस्तर, सुरक्षा र समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको जनाएको छ ।

भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अध्यक्ष घनश्याम प्रसाद, भारत सरकारको ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव दिवाकरनाथ मिश्र, सहसचिव पङ्कज कुमार, एसजेभीएनका निर्देशक (आयोजना) राजेशकुमार चान्देल तथा भारतीय दूतावास र ऊर्जा मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागितामा निरीक्षण भएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *