दश महिनाको अवधिमा ५ लाख बढी पर्यटक मुस्ताङ भित्रिए

जेठ ७ काठमाडौं।
दश महिनाको अवधिमा ५ लाख बढी पर्यटक मुस्ताङ भित्रिएका छन्।

चालु आर्थिक वर्ष २०८२,८३ को दश महिनामा ५ लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएको जनाएका छन्।

चालु आर्थिक वर्षको साउन देखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्या पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दश महिनामा ४ लाख २० हजार ८६ आन्तरिक र १ लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन्।

आन्तरिकतर्फ २ लाख १९ हजार ८१७ पुरुष र २ लाख २६९ जना महिला पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको जनाएको छ।

त्यसै गरी बाह्यतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले बताएका छन्।

म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसास्थित प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा १९ हजार ७९१ र सबैभन्दा बढी वैशाख महिनामा १ लाख ५ हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आर्थिक वर्षको साउन देखि वैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै १ लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ भित्रिएको जनाएका छन्।

वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको प्रहरी कार्याले जनाएको छ।

अनुकूल यामको मौका छोपेर उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक र नेपाली पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेका प्रहरी चेक पोस्टमा प्रविष्ट तथ्याङ्कले देखाएको छ।

मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *