वर्षाका कारण बीपी राजमार्गमा आवागमन बन्द

वैशाख १३ काठमाडौं।
वर्षाका कारण बीपी राजमार्गमा आवागमन बन्द भएको छ।

शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको छ।

वर्षाका कारण रोशी खोलामा आएको ठूलो बाढीले पुर्योउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर आवागमन बन्द गराएको जिल्ला प्रहरी कार्यालय धुलिखेल जनाएको छ।

उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जे देखि रोशीको मङ्गलटार सडकखण्ड शनिबार दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले अर्को सूचना जारी नभएसम्म बीपी राजमार्ग खण्डमा यात्रा नगर्न अपील गरेको छ।

यसै बीच राजमर्गा अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *