सुकुम्बासी बस्ती खाली गराउन काठमाडौं जिल्ला प्रशासनको सूचना

वैशाख ११ काठमाडौं ।
सुकुम्बासी बस्ती खाली गराउनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सूचना जारी गर्दै आज (शुक्रबार) साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन भनेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ एवं प्रवक्ता मुक्तिराम रिजालले नदी किनारका सार्वजनिक, सरकारी जग्गामा बनेको संरचनाहरु हटाउनका लागि विज्ञप्ति मार्फत सूचना जारी गरेका छन्।

सूचना अनुसार अवैध रूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ः०० बजे भित्रमा खाली गर्न र आफैले सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरे सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउने जनाएको छ।

यदी उक्त समयमा बस्ती खाली नभए संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने रिजालले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार स्वयं आफै हुनुपर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वर्षौंदेखि अनधिकृत तवर बाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्नेगरी गरि बनाईएको संरचनाहरु मिति २०८३ वैशाख १२ गते बिहान ६ः०० बजे देखि भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुने सूचनामा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *