सुकुम्बासी टोली रास्वपा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किए

वैशाख ११ काठमाडौं।

सुकम्बासी टोली रास्वपाको पाटी कार्यालयमा ज्ञापन पत्र बुझाइर फर्किएका छन्।

रास्वपा केन्द्रीय कार्यालय पुगेर उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएको जनाएका छन्।

पार्टी कार्यालय घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएर उनीशरु शान्तिपूर्ण रूपमा फर्किएको जनाएका छन्।

सरकारले शनिबार देखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।

अटेरी गरेको अवस्थामा संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्। भने खाली गर्दा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्ने जनाएको छ।

बिहीबार माइकिङ भएपछि शुक्रबार बिहान देखि सुकुम्बासीहरूले आन्दोलन थालेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *