विश्व शान्तिका लागि काठमाडौं–लुम्बिनी साइकल यात्रा हुने

वैशाख ११ काठमाडौं।
विश्व शान्तिका लागि काठमाडौं–लुम्बिनी साइकल यात्रा हुने भएको छ।

वैशाख १५ देखि १९ गतेसम काठमाडौं–लुम्बिनी साइकल यात्रा आयाजना हुन लागेको जनाएको छ।

शान्तिको सन्देश फैलाउने उद्देश्यले ’टुर डे लुम्बिनीः पेडल फर पिस २०२६’ अन्तर्गत काठमाडौं–लुम्बिनी साइकल यात्रा आयोजना हुने भएको जनाएको छ।

साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुने अभियानका संस्थापक मेघ आलेले जनाएका छन्।

सन् २०१२ देखि सञ्चालनमा रहेको अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन्।

लुम्बिनी बाट विश्वभर शान्तिको सन्देश फैलाउने लक्ष्यसहित कार्यक्रम हुँदै आइरहेको र यस वर्ष युवाको सक्रिय सहभागितामा विशेष जोड दिइने बताइएको छ।

आयोजकका अनुसार अभियानले भविष्यमा ’लुम्बिनी शान्ति पुरस्कार’ पनि प्रदान गर्ने योजना बनाएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *