इरानले हर्मुजबाट कब्जा ग¥यो पानीजहाज

वैशाख १० काठमाडौं।
इरानले हर्मुजबाट पानीजहाज कब्जा गरेको छ।

इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सल हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको जनाएको छ।

अमेरिकाले इरानी पानीजहाज कब्जा गरे पछि इरानले हर्मुज खुला भएको घोषणा गरेको भोलिपल्टै पुनः बन्द गरेको थियो। त्यसयता आइआरजिसीले त्यहाँ कडाइ गर्दै आइरहेको छ।

समुद्री नियम उल्लंघन गरेको भन्दै दुई पानीजहाजलाई एस्कर्ट गरेर इरानी बन्दरगाहमा पु¥याइएको इरानी अर्धसरकारी समाचार संस्था तस्निमलाई हवाला दिँदै रोयटर्सले लेखेको छ।

दुई पानी जहाज मध्ये एउटा लाइबेरियाको झण्डा बोकेको एपामिनोन्डास र अर्को पानामाको झण्डा बोकेको एमएससी फ्रान्सेस्का रहेको जनाएको छ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले पहिलोपटक जहाज नियन्त्रणमा लिएको हो।

रिपोर्टहरुको अनुसार जहाजको ब्रिज (नियन्त्रण कक्ष) र संरचनामा क्षति पुगे पनि चालकदल सुरक्षित रहेको जनाएको छ।

हर्मुज विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने मार्ग हो। भने हालको अवरोधका कारण विश्व अर्थतन्त्रमा दबाब बढ्दै जादा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य दुई साता पछि पहिलोपटक प्रतिव्यारेल १०० डलर नाघेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *