रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँने

वैशाख १० काठमाडौं ।
रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँने भएको छ।

नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषले रेडपाण्डा सरक्षणका लागि विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।

चोरी सिकारी तथा जङ्गली कुकुरको आक्रमणका कारण सङ्कटमा परेको रेडपाण्डा संरक्षणका लागि अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको संरक्षण कोषले जनाएको छ।

नेपालमा करिब ४०० देखि ६०० को सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिए पनि पछिल्लो समय यसको सङ्ख्या घट्दै गएको जनाइएको छ।

कोषका अनुसार विश्वका विभिन्न देशमा पाण्डाका विभिन्न प्रजाति पाइए पनि नेपालमा भने रेडपाण्डा (रातो हाब्रे) मात्र पाइने जनाएको छ।

रेडपाण्डाले विशेषगरी निगालो घारीमा बस्ने र टुसा खाने गर्दछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *