गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

वैशाख ९ काठमाडौं।
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी सँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप पछि प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन्।

आज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन्।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आफै आलोचनाको केन्द्रमा परेका थिए।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेर सोही दिन गुरुङलाई गृहमन्त्री नियुक्त गरेका थिए।

रास्वपा सभापति रवि लामिछाने सँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका स्रोतले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *