वीरगञ्ज भन्सार कार्यालय द्वारा एक खर्ब बढी राजस्व सङ्कलन

वैशाख ८ काठमाडौं।
वीरगञ्ज भन्सार कार्यालय द्धारा एक खर्ब बढी राजस्व सङ्कलन गरेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा रु. १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व संङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही हवधिमा भने रु. १६ अर्ब २० करोड अर्थात १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनमा रु. १८ अर्ब ४४ करोड, भदौमा रु. २० अर्ब ७३ करोड, असोजमा रु. १९ अर्ब ९ करोड, कात्तिकमा रु. १७ अर्ब ३३ करोड, मङ्सिरमा रु. २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो।

त्यस्तै पुसमा रु. २० अर्ब २० करोड, माघमा रु. १८ अर्ब ९२ करोड, फागुनमा रु. १९ अर्ब ३४ करोड र चैतमा रु. २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ।

वर्ष भरिमा रु. २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *