आज देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

वैशाख ८ काठमाडौं।
आज देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यलयको अनुसार आज देखि बाह्रसिङ्गा गणना सुरु गरिएको जानकारी दिएको छ।

निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा बाह्रसिङ्ग गणना सुरु गरिएको जनाएको हो।

गणनाका लागि ३५ जना परिचालन भएको र बाह्रसिङ्ग गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायता बाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिएका छन्।

गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिने र दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको जनाइएको छ।

फायरलाइनमा दुई सवारीसाधन र चारवटा मचानमा तीन–तीन जनाको प्राविधिक जनशक्ति खटाइएको जनाएको छ।

आज देखि सुरु भएको गणना बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म भइरहेको र जारी गणना वैशाख १२ गतेसम्म हुने स्रोतले जनाएको छ।

बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने सूचना अधिकारी वाग्लेले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *