वैशाख ८ काठमाडौं।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुर बीच भेटवार्ता भएको छ।
तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच आज शिष्टाचार भेट भएको हो।
सिंहदरबारमा भएको भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्ने बारे छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको जनाएको छ।
अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।
कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन्।
Post Views: 1