पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

वैशाख ७ काठमाडौं।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङले माग गरेका छन्।

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

आज कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममाका क्रममा सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनु पर्ने घिसिङले बताएका छन्।

अझ कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो हुने हुँदा कर्णाली प्रदेशमा इन्धनको मूल्य वृद्धिमा विशेष सहुलियत दिनु पर्ने घिसिङले बताएका छन्।

कर्णालीमा बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यास जस्ता इन्धनको मूल्य वृद्धि गर्न नहुँने बताएका छन्।

नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिक माथि मूल्य वृद्धिको भार घटाउनु सक्नुपर्न बताएका छन्।

आफु नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब रु ३५ अर्ब लगानी सुनिश्चित गरिएको समेत बताएका छन्।

छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेता पनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने कुलमान घिसिङले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *