वैशाख ६ काठमाडौं ।
नेपाल–चीन उत्तरी नाका मुस्ताङ भन्सार कार्यालय बाट ५ अर्ब बढी राजस्व संकलन भएको छ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले ५ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
चालु आर्थिक वर्षको ३१ भदौ देखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले ७ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको जनाएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काको अनुसार उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालय बाट ७ महिनाको अवधिमा १२ अर्ब २२ करोड ७६ लाख रुपैयाँ बराबरको मालवस्तु चीनतर्फ बाट आयात भएको जनाएका छन्।
यसै गरी नेपाल बाट २० करोड ५५ लाख रुपैयाँ बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा कोरला नाका बाट आयात÷निर्यात हुँने गरेको छ।
कोरलास्थित मुस्ताङ भन्सार कार्यालय बाट ७ महिनाको अवधिमा कोरला नाका हुँदै चीन बाट आयात गरिएका कुल २ हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ।
त्यसैगरी चीन बाट नेपाल भित्रिएका १ हजार ८१८ वटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरुको भन्सार जाँचपास भएको हो।
नेपाल बाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिएका छन्।
कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पछि मुस्ताङ कार्यालयमा आयात निर्यातको कारोबार चलाएमान भएको छ।