घरबाटै नो अब्जेक्सन लेटर (एनओसी) लिन सकिने

वैशाख ६ काठमाडौं।
अब देखि घरै बाट नो अब्जेक्सन लेटर (एनओसी) लिन सकिने भएको छ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन सक्ने भएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको छ।

घर बाटै एनओसी लिन सक्ने भए सँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत् एनओसीका लागि आवेदन दिन पनि सक्ने छन्। भने सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैंले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसके पछि,आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’(सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर,जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टम बाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *