चैत २७ काठमाडौं।
आज साँझ ६ बजे उपसभामुख ठाकुरको शपथ हुने भएको छ।
राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ कार्यक्रम तय गरेको हो।
आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने तय भएको छ।
उपसभामुख पदका लागि २ जना श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले मनोनयन दर्ता गरेका छन्।
उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर र सरस्वती लामाले मनोनयन दर्ता गरिसकेका छन्। भने श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने भएको छ।
सत्तारुढ दल रास्वपासहितको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का जस्तै बनेको छ।
Post Views: 3