धनुषाको मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु

चैत २६ काठमाडौं।
धनुषाको मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु गरिएको जनाएको छ।

धनुषाको मिथिला नगरपालिकाले पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको तथ्याङ्क सङ्कलन सुरु गरेको हो।

साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये ६ वटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको जनाएको छ।

उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिएको छन्।

तथ्याङ्क संकलनका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरिएको काफ्लेले बताएको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *