चैत १५ काठमाडौं।
आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका बाट ६६ अर्ब बढी निर्यात भएको छ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताएका छन्।
चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
रू. ४ अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस, रू.४ अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रू.३ अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल, रू.२ अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको जनाएको छ।
रू. १ अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न, रू. ५ खर्ब ९५ अर्ब ४६ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको जनाएको छ।