काठमाडौंमा आज पनि थाल्यो एमालेले प्रर्शन

चैत १५ काठमाडौं।
आज पनि काठमाडौंमा एमालेले प्रदर्शन थालेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको हुन्।

केही बेर अघि देखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्।

बिरोध सँगै एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँने तयारी रहेको जनाएको छ।

ओली पक्राउको विरोधमा देशका कार्याकर्ताहरु देशको विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेख पक्राउ परेपछि एमालेले शनिबार देखि प्रदर्शन निरन्तर थालेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *