चैत ५ काठमाडौं ।
आज निर्वाचन आयोगले समानुपातिक सांसदहरुलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने जनाएको छ।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिए पछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणाम सहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो।
सार्वजनिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेस २०, नेकपा एमाले १६, नेपाली कम्युनिष्ट पार्टी ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना सांसद निर्वाचित भएका छन्।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ।