चैत ५ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्।
चुनावी नतिजा पछि राजीनामाको तयारी गरेका थापाले हिजो उपसभापति विश्वप्रकाश शर्मालाई राजीनमा बुझाएका हुन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पार्टीको सभापति बट राजीनामा दिएका छन्।
यस अघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार भए पनि थापालाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरेका थिए।
दोस्रो स्थानमा भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका पनि थापाले राजीनामा दिएका छन्।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए। थापाले दिएको राजीनामाबारे पार्टीको आगामी शुक्रबार बोलाइएको बैठकले निर्णय लिने जनाएको छ।