इलाममा यस वर्ष ‘फस्ट फ्लस’ चिया टिप्न सुरु

चैत २ काठमाडौं।
यस वर्ष इलाममा ‘फस्ट फ्लस’ चिया भनेर चिनिने चिया टिप्न सुरु भएको छ।

इलाममा यस वर्षको पहिलो ’फस्ट फ्लस’ चिया टिपाइ सुरु भएको हो।

पहिलो चिया टिपाइ बाट वार्षिक आम्दानीको मुख्य आधार मिल्ने र अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेको चिया व्यवसायीले बताएका छन्।

फागुनको अन्तिम साता देखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताएका छन्।

चियाको कोमल पात बाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी बताएका छन्।

इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्र बाट चिया टिप्न सुरु भएको बताएका छन्।

इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालक समेत रहेका सुब्बाले यसवर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताएका छन्।

किसानलाई प्रतिकिलो ६५ रुपियाँ देखि प्रतिकिलो रु. १ हजार ५०० सम्म मूल्य दिने व्यवस्था गरिएको जनाएको छ।

सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य राम्रो पाईने बताएका छन।

माई नगरपालिका–५ का किसान बुद्ध लिम्बूले यस वर्ष कात्तिक यता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र चिया टिपाइ सुरु हुने सम्भावना रहेको बताएका छन्।

उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया विशेष गरी जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको जनाएका छन्।

इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिन लगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन्।

मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा नेपाल बाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *