चैत २ काठमाडौं।
पूर्वी नाका काँकडभिट्टा बाट छ हजार बढी पर्यटक नेपाल भित्रिएका छन्।
पूर्वी नाका काँकडभिट्टा हुँदै ८ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएको जनाएका छन्।
चालु आर्थिक वर्ष २०८२, ८३ को साउन देखि फागुनसम्ममा पूर्वी नाका बाट अमेरिका, बेलायत, भुटान लगायतका मुलुक बाट पर्यटकहरु नेपाल भित्रिएको जनाएको छ।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५ सय ४१, कात्तिकमा ६ सय २४, मङ्सिरमा ८ सय ७३, पुसमा एक हजार ८ सय ५०, माघमा १ हजार ३ सय ९५ र फागुनमा १ हजार पाँच जना पर्यटक भित्रिएको बताएका छन्।
सोही अवधिमा अध्ययन लगायतका कामले विदेशमा रहेका ३ हजार १ सय ३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत बताएका छन्।
पूर्वी नाका बाट अध्यागमन प्रक्रिया पूरा गरी नेपाल बाट विदेश फर्किएका पर्यटकको सङ्ख्या ६ हजार ५ सय ५२ रहेको छ। भने १ हजार ८ सय ४७ जना नेपाली समेत विदेश गएको उल्लेख गरेकाे छ।