चैत २ काठमाडौं।
अमेरिक–इजरायल र इरानबीच युद्धका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ।
दुबईका अधिकारीहरुका अनुसार आत्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरुप उडानहरु स्थगित गरिएको बताएका छन्।
सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको दुबई मिडिया अफिसले जनाएको छ।
यस अघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको गायो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए।
फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा बनेको थियो। बीबीसीका अनुसार सन् २०२५ मा दुबई विमानस्थल बाट झण्डै नौ करोड यात्रुले यात्रा गरेका जनाएका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन्।
त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको उल्लेख गरेका छन्।
यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेको जनाएको छ।