फागुन २६ काठमाडौं।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज देखि बाघ गणना सुरु भएको छ।
निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको जानकारी दिएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुसार राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटा सँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको जनाएको छ।
शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरि बाघ गणन थालिएकोे निकुञ्ज कार्यालयले जनाएको छ।
शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ। भने यस अघि ४३ पाटेबाघ गणना गरिएको जनाएको छ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो।
Post Views: 19