अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डर एडमिरल नेपाल भ्रमणमा आउँदै

माघ २८ काठमाडौँ।
अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डर एडमिरल नेपाल भ्रमणमा आउँने भएका छन्।

भोली संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका हुन्।

तीन दिने औपचारिक भ्रमणका लागी एडमिरल भोली नेपाल आउँन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

तीन दिन भ्रमणमा रहेका एडमिरलले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यासूचि रहेको जनाएको छ।

पूर्व निर्धारित कार्यक्रम अनुसार पापारो नेतृत्वको भ्रमणदल विशेष विमानमार्फत काठमाडौँमा अवतरण गर्ने कार्यक्रम रहेको जनाएको छ।

भ्रमणले नेपाल र अमेरिकाबिचको दशकौँ लामो द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने विश्वास लिइएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *