माघ २८ काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवस कार्याक्रममा सहभागि भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवस कार्याक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्याय माथिको गम्भीर चुनौती भएको बताएका छन्।
पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिता बाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिक माझ दिलाउने गरी काम गर्नुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्याय माथिको गम्भीर चुनौती रहेको बताएका छन्।
राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग केवल कानुन उल्लंघन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपना माथि गरिने गहिरो आघात पनि भएको बताएका छन्।
सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता एवं निर्भीकतालाई जीवन पद्धतिकै रूपमा अगाडि बढाएर काम गर्न सकियो भने छिट्टै भ्रष्टाचार मुक्त समाज निमार्ण सम्भव रहेको बताएका छन्।
यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास होस् भन्ने मेरो चाहना छ,’ राष्ट्रपति पौडेलले बताएका छन्।