माघ २८ काठमाडौं ।
रुसी विज्ञानको अवसरमा पुटिनले युवा वैज्ञानिकहरुलाइ राष्ट्रपति पुरस्कार दिएका छन्।
पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युव वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका हुन्।
सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पु¥याएका छन्।
अलेक्जेन्डर निकिन र पाभेल मोसेयेभले रुसको पहिलो सुरक्षित आणविक ब्याट्री बनाएका छन्। यी ब्याट्रीहरू अन्तरिक्ष र पानीमुनि चार्ज नगरी लामो समयसम्म चल्न सक्छन्।
रसायनशास्त्री दिमित्री बुटिल्स्कीले पानीबाट लिथियम निकाल्ने नयाँ प्रविधि विकास गरेका छन्, जुन स्मार्टफोन र इलेक्ट्रिक गाडीका ब्याट्री बनाउन अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
आट्र्योम इसायेभले कडा ब्याक्टेरियासँग लड्न सक्ने भाइरसहरूको अध्ययन गरी चिकित्सा क्षेत्रमा नयाँ आशा जगाएका छन्।
पुरस्कार वितरण गर्दै राष्ट्रपति पुटिनले यी आविष्कारहरूले रूसलाई भविष्यका प्रविधिहरूमा अरूको भर पर्नुको साटो आफैँ नेतृत्व गर्ने क्षमता प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।