क्यानडामा विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

माघ २८ काठमाडौं।
क्यानडाको विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ।

ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चलेको जनाएको छ।

उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिकामा रहेको विद्यालयमा गोली चलेको जनाएको छ।

खैरो कपाल भएकी र खैरो नै पहिरनमा आएकाी एक महिलाले अन्धाधुन्ध गोली चलाएको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको, विद्यालय नजिकैको एक भवनमा दुई जना मृत भेटिएका र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उल्लेख गरेको छ।

सञ्चार माध्यमहरुको अनुसार घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको प्रहरीले जनाएको उल्लेख गरेको छ।

गोलीकाण्डमा कम्तिमा २५ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रोयटर्सले जनाएको छ।

गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीले बताएको हुलिया अनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको जनाएको छ।

प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेकोे रोयटर्सले लेखेको छ।

आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। भने यद्यपि उनको पहिचान खुलाइएको छैन।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *