माघ ४ काठमाडौं ।
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समाय थप्न सक्ने आयोगले संकेत गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेको भन्दै केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ।
विभिन्न दलहरुको तर्फबाट निर्वाचनका लागि समय अभाव भएको भन्दै निर्वाचन आयोगलाई औपचारिक तथा अनौपचारिक रुपमा केही दिन मनोनयन सार्नका लागि अनुरोध आएकाले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो।
फागुन २१ गते हुने चुनबको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मिति बारे चौतर्फी दबाब आएकाले सर्वदलीय सहमति भयो भने एक दुई दिन मिति सर्न सक्ने आयोगले जनाएको छ।
Post Views: 45