नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य बाट राजीनामा

माघ ४ काठमाडौं ।
नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पद बाट राजीनामा दिएका छन्।

राष्ट्रिय सभा सदस्य बाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव उठने तयारी रहेको जनाएको छ।

एक महिना अगाडि राजीनामा दिएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि आज राष्ट्रिय सभा सदस्य बाट राजीनमा दिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय रहेको छ। त्यसको दुई दिन अगाडि श्रेष्ठले राष्ट्रिय सभा सदस्य बाट राजीनामा दिएका छन्।

६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिंदै थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *