पुस २६ काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनका लागि माघ ३ गते देखि निर्वाचन आचारसंहिता लागू हुँने भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरूको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको जनाएको छ।
फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगति बारेमा निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको जनाएको छ।
Post Views: 3