आज राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको नामावली प्रकाशन गर्दै

पस २६ काठमाडौं।
आज राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।

आज राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारहरुको नामावली निर्वाचन आयोगले प्रकाशन गर्ने भएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोग बाट स्वीकृत निर्वाचन कार्यक्रम अन्र्तगत भोलि उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *