पुस २२ काठमाडौं।
भेनेजुएलाका राष्ट्रपति मदुरो माथि अमेरिकाले कोकिन तस्करी गरेको आरोप लगाएको छ।
अफ्नै निवास बाट अपहरणमा परेका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी अदालतमा लागुऔषध तस्करी सम्बन्धी गम्भीर अभियोगहरू सामना गरिरहेका छन्।
अन्तराष्ट्रि सञ्चार माध्ययमहरुको अनुसार मदुरो माथि माक्र्सवादी गुरिल्लासँग मिलेर वर्षकै २०० देखि २५० टन कोकिन अमेरिकामा तस्करी गरेको आरोप लगाइएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै क्याराकासमा सैन्य आक्रमण गरी उनकै निवासबाट पक्राउ परेका मदुरोलाईलागुऔषधि तस्कर गिरोहको रुपमा चित्रण गरेका हुन्।
सोमबार न्यूयोर्कको अदालतमा मदुरो माथि नार्को–आतंकवाद, कोकिन आयात षड्यन्त्र र हतियारसम्बन्धी चार अभियोग लगाइएको छ। मदुरोले भने आफू निर्दोष रहेको दाबी गरिरहेका छन्।
Post Views: 73