निर्वाचन आयोग जुट्यो मतपत्र छपाइको तयारीमा

पुस १५ काठमाडौं।
निर्वाचन आयोज मतपत्र छपाइको तयारीमा जुटेको छ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ।

सुरुमा समानुपातिक तर्फको र त्यस पछि प्रत्यक्षतर्फको मतपत्र छापिने जनाएको छ।

समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने तयारी भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताएका छन्।

निर्वाचन आयोगले यस अघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरे अनुसार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने तयारी भएको जनाएको छ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ।

समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति रहेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *