पुस १३ काठमाडौँ ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता स्वीकृत गरेको छ।
शनिबार बसेको बैठकले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत भएको आयोगले जनाएको हो।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको निर्वाचन आयोगले जनाएको छ।
आयोगको वेबसाइटमा प्रकाशित गरेको आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी गरेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुने उल्लेख गरेको छ।
यस्ताे छ निवार्चन आचारसंहिताः