पुस ८ काठमाडौं ।
सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको खोप लगाउने भएको छ।
देशभर पाठेघर क्यान्सरविरूद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
सरकारले नियमित राष्ट्रिय खोप तालिका अनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ।
कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रमका लागि सम्पूर्ण तयारी भएको बताएका छन्।
माघको अन्तिम बाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजना सहित तयारी गरिएको जनाएको छ।
स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमको अनुसार थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने बताएका छन्।
शाखा प्रमुख डा. गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरी लाई लक्षित गरेर खोप दिइने बताएका छन्।
गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो।
बढी भन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुने अनुमान गरेको छ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट हुने मृत्युलाई न्युनिकरण गर्नका लागि खोप कार्याक्रम सञ्चालन गर्न लागिएको जनाएको छ।