पुस ६ काठमाडौं ।
अमेरिकाले भेनेजुएला तट नजिकको एक तेल ट्यांकर कब्जा गरेको छ।
अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक रहेको अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको हो।
अमेरिकाले यस अघि पनि तेल बोकेको जहाजमा लागू औषध रहेको भन्दै कब्जा गरेको थियो। निरन्तर अमेरिकाले भेनेजूएलाको तेल ट्यांकर कब्जा गर्दा दुई देशबीचको तनाव झन् बढाएको छ।
अमेरिकाले तेल ट्याकर कब्जामा लिदै भेनेजुएला बाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो। भने भेनेजुएलाको तेल निर्यातमा असर परेको जनाएको छ।
अमेरिकाले तेल बोकेको भेनेजुएलाको ट्यांकर कब्जा गरेको युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले त्यसको पुष्टि गरेको छ।
‘२० डिसेम्बरको बिहान एक एक्सनमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ वारको मद्दतमा एक तेल ट्यांकर कब्जामा लियो, जुन भेनेजुएला बाट छुटेको थियो।’
नोएमले अमेरिकाले यस क्षेत्रमा नार्को टेररिज्म फन्डका लागि प्रयोग गरिने तेलको गैरकानुनी आउजाउ रोक्ने काम जारी राख्ने बताएकी छन्।
भेनेजुएलाले तेलबाट हुने कमाइ नशालु पदार्थको कारोबार र आतंकवाद सँग सम्बन्धित गतिविधिमा प्रयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
भेनेजुएला सरकारले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।