ढोरपाटन आरक्षले दियो वन्यजन्तु पीडितलाई राहत

पुस ३ काठमाडौं।
ढोरपाट आरक्षले वन्यजन्तु पीडितलाई राहत दिएको छ।

ढोरपाट आरक्षले वन्यजन्तु पीडित किसानलाई पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ।

सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो।

वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन्।

सिकार आरक्षले विगतको वर्षहरुमा जस्तै आर्थिक वर्ष २०८१, ०८२ मा रु.१ लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको छ।

सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरुले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आएका छन्।

हरेक वर्ष वन्यजन्तुले बस्तुभाउलाई आक्रमण गरेर घाइते हुँने, मार्ने गर्दा वर्सेनि किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको सिकार आरक्ष कार्यलयले जनाएको छ।

आहारको खोजीमा भौतारिने वन्यजन्तुले बर्सेनि पशुचौपाया, बारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ। सिकार आरक्षले बालीको क्षतिको राहत भने किसानलाई दिने गरेको छैन।

बँदेल, बाँदर, चितुवा लगायतका वन्यजन्तुले भेडाबाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको हरेक स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *