मंसिर १९ काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरुलाई निवेदनको आह्वान गरेको छ।
आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फ भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेस गर्न आह्वान गरेको हो।
आज सूचना निकालेर आयोगले राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। भने दल दर्ताका लागि यही मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको जनाउको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ।
प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्ने उल्लेख गरेको छ।
समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनु पर्ने जनाएको छ।
राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न राख्नुपर्ने छ।